इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरपछि एकीकृत कारोबार सुरू, चुक्ता पूँजी ३४ अर्ब नाघ्यो

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक ले एकीकृत कारोबार सुरू गरेका छन् । मर्जरपछि बुधवार एक कार्यक्रम आयोजना गरेर नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरू गरेका हुन ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षता र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहसहित विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा रहेको थियो । दुई बैंक एक भएसँगै कूल चुक्ता पूँजी ३४ अर्ब १२ करोड पुगेको छ । अब बैंकको निक्षेप रकम ३६० अर्ब र कर्जा लगानी ३२९ अर्ब पुगेको छ ।

कूल शाखा सञ्जाल २९६ हुँदा एटीएम २७९, अतिरिक्त काउन्टर ५९ र ग्राहक संख्या ३० लाख बढी रहेको बैंकले जनाएको छ ।

मर्जरपछि बैंकको सञ्चालक समिति अध्यक्षमा इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा पनि नेपाल इन्भेष्टमेन्ट बैंकका ज्योतिप्रकाश पाण्डे छन् । कोर बैंकिङ सिस्टम पनि हाल नेपाल इन्भेष्टमेन्ट बैंकले प्रयोग गरिएको छ ।

बैंकको केन्द्रीय कार्यालय साविकको इभेष्टमेण्ट बैंकको काठमाडौं महानगरपालिका १ दरबारमार्गमा रहने छ । इन्भेष्टमेण्ट र मेगा १००ः९० अर्थात मेगाको १०० कित्ता बराबर इन्भेष्टमेण्टको ९० कित्ता स्वाप रेडियोमा दुई बैंक एक भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here