उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ४१.२ अंकले घटेर २१४९.४१ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५२ कम्पनीको ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँ बराबरको १ करोड ४४ लाख ८२ हजार ९५९कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये एक वटा बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ ।

दोहोरो अंकले घटेको बजारमा ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशतले कमाएका छन् ।

कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रोपावर बाराही हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रोपावर बाराही हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

घट्दो बजारमा आज गरुाँस लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.१८ प्रतिशत गुमाएका छन् । त्यसैगरी, कालिका पावर ८.४८, बलेफी हाइड्रोपावर, स्वाबलम्बन लघुवित्त, खप्तड लघुवित्त, हिमालयन एभरेष्ट इन्स्योरेन्स र श्री इन्भेष्टमेन्ट कम्पनीको शेयर मूल्य ७ प्रतिशतले घटेको छ ।

अजोड इन्स्योरेन्स, श्वेत गंगा हाइड्रोपावर लगायत आधा दर्जन कम्पनीको मूल्य ६ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यसको आज २२ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ ।

रिडी पावरको १७ करोड ८३ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here