बार्सिलोना सुपर कपको फाइनलमा, उपाधिका लागि रियालसँग भिड्ने

काठमाडौं । बार्सिलोनाले स्पेनिस सुपर कपको फाइनलमा स्थान बनाउन सफल भएको छ । बिहीबार राति रियाल बेटिसलाई ४–२ ले हराउँदै स्पेनी सुपरकपको फाइनल यात्रा तय गरेको हो ।

निर्धारित र अतिरिक्त समयको समयको खेल २–२ को बराबरीमा थियो । पेनाल्टी सुटआउटबाट नतिजा आएको हो । पेनाल्टी सुटआउटमा बार्सिलोनाका ३० वर्षे गोलकिपर टेर स्टेगन नायक बने । 

गोलकिपर मार्क–आन्द्रे टेर स्टेगनले पेनाल्टी सुटआउटमा जुआन्मी र विलियम कार्भाल्होको प्रहार बचाउँदा बार्सिलोनाले फाइनलमा स्थान बनाउन सफल भयो ।

जितसँगै बार्सिलोनाले स्पेनिस ला लिगाको चीर प्रतिद्वन्द्वी रियाल मड्रिडसँगको उपाधि भिडन्त पक्का गरेको छ । रियालले बुधबार राती भिल्लारियललाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here