एनसीसी चाइनाद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

काठमाडौं । गैर आवसीय नेपाली नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनसीसी चाइनाले ज्येष्ठ नागरिकलाई न्यानोका लागि ज्याकेट वितरण गरेको छ ।

एनसीसी चाइनको कार्यसमितिको पहलमा दक्षिणकाली नगरपालिका –२ खोकना स्थित नेपाल कुष्ठरोग निबारण संघले सञ्चालन गरेको खोकना आरोग्य आश्रममा न्यानो कपडा वितरण गरिएको हो।

मलुकभर चिसो बढेर नागरिकहरू प्रभावित हुँदै गर्दा दक्षिणकाली नगरपालिका वडा नम्बर २ का खोकना आरोग्य आश्रममा पुगेर २ सय २५ जना ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण गरिएको कार्यक्रम संयोजक सुवर्ण श्रेष्ठले बताए ।

उहाँहरूले सकुन्जेल समाजलाई सहयोग गर्नुभयो, उत्प्रेरणा भर्नुभयो अव हामीले उहाँहरूलाई सहयोग गर्नुपर्छ भन्ने उदेश्यले न्यानो कपडा वितरण गरिएको श्रेष्ठले बताए ।

खोकना अरोग्य आश्रमले जेष्ठ नागरिकहरुका लागि राम्रो काम गरेको बताउँदै कार्यक्रममा सहभागीहरुले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जनाएका छन्।

न्यानो कपडा पाउने ज्येष्ठ नागरिकले जाडोको समयमा आफूहरुलाई राहत हुने बताउँदै आगामी दिनमा पनि उदाहरणीय र राम्रो काम गर्न सुझाव दिएका थिए ।

एनसीसी चाइनाले यसअघि दु:खी, गरीब असाहहरुको लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here