शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर) ४५ अर्ब ८७ करोडले बचतमा मा रहेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको पाँच महिनाको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता रु.३७ अर्ब ९१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई रु.३ अर्ब ४७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६० करोड ४९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७ अर्ब ७ करोड रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here