मञ्जुश्री फाईनान्सको १५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाद्वारा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गरेको छ ।

केन्द्रिय कार्यालय सहित २७ शाखाहरु रहेको यस फाइनान्सको २०७९ साल मंसिर मसान्त सम्म १ अर्ब ३५ करोड रूपैयाँ चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले १२.४६ रूपैयाँ अर्ब निक्षेप संकलन गरि ११.५० अर्ब रूपैयाँ कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, अनलाईन खाता र ATM सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here