पोखरा विमान दुर्घटनाको शोकमा सोमवार सार्वजनिक बिदा

काठमाडौं । सरकारले यति एयरको विमान दुर्घटनाको शोकमा सोमवार एक दिन सार्वजनिक बिदा दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउन सोमवार सार्वजनिक बिदाको निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।

पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको जानकारी पनि दिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन। जहाजमा ७२ जना सवार थिए । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य हुन् । जसमा ५३ जना नेपाली र १५ विदेशी नागरिक थिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान बन्द

पोखरा विमान दुर्घटनामा पर्ने यात्रु ५३ जना नेपाली, अन्य कुन देशका कति ?

यी हुन् पोखरा विमान दुर्घटनामा परेका ६८ यात्रु, भारतीयसहित १५ जना विदेशी (नामावलीसहित)

पोखरा विमान दुर्घटना : उद्धार चल्दै, ३० भन्दा बढी शव निकालियो

६८ जना यात्रु सवार यति एयरको जहाज पोखरामा दुर्घटना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here