नयाँ फर्मुला अनुसार मन्त्रालय बाँडफाँड, कुन दललाई कति ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सम्पन्न भएको छ ।

दाहाल–ओलीको छलफलले मन्त्रालयको भागवण्डासहित सभामुख र उपसभामुख उमेदवार पनि टुंगो लगाएको छ । सत्ता गठबन्धन दलले नयाँ फर्मुलाअनुसार प्रति ८ सांसदबापत एक मन्त्रालय पाउने निर्णय गरिएको हो ।

जसअनुसार नेकपा एमालेले ८ मन्त्रालय र २ राज्य मन्त्री पाउनेछ भने माओवादीले ४ मन्त्रालय पाउनेछ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले सबै गरेर ३ मन्त्रालय पाउँदा राप्रपाले २ मन्त्रालय पाउने निश्चित भएको हो । यता नागरिक उन्मुक्ती पार्टी, लोसपा, जनमत पार्टीले एक एक मन्त्रालय पाउने बताईएको छ ।

एमालेबाट अहिले नै चार जना मन्त्रीमध्ये तीन जना बिनाविभागीय छन् । विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री छन् ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भएका छन् । माओवादीले अब तीन मन्त्रालय पाउनेछ । प्रधानमन्त्री प्रचण्ड भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here