आर्थिक अवस्था कमजोर रहेका बिरामीहरुलाई उपचारमा सघाउँदै वडाध्यक्ष खत्री

दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्रीले आज पनि अशक्त बिरामीलाई आर्थिक सहयोग गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ५ निवासी बिर बहादु सुनार र धनगडी निवासी शेर बहादुर सिंहलाई उपचारको सहयोग रकम हस्तान्तरण गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले वडामा रहेका आर्थिक अवस्था दैनिय रहेर उपचार गर्न नसकेकाहरुलाई सहयोग गर्न आग्रह गरे संगै बैदेशिक रोजारीमा रहेका नेपालीले अष्ट्रेलियाबाट उपचारको लागी रकम पठाएका हुन् ।

एक कार्यक्रमको बिच बिर बहादुर सुनारलाई रु. ३० हजार र धनगडी निवासी शेर बहादुर सिंहलाई रु. १० हजार नगद रकम हस्तान्तरण गरिएको छ् । बिर बहादुर सुनारलाई प्यारालाईसिस भएको कारण भारतको दिल्लीमा उपचार भईरहेको छ् भने शेर बहादुर सिंहलाई मृगौलामा समस्या भएको कारण उपचारकै क्रममा भारतको दिल्लीमा रहेका छन् ।

उनि दुबैको आर्थिक अवस्था निकै र्दैनिय रहदै आएको छ् । यस अघि बिर बहादुर सुनारलाई वडाध्यक्ष खत्रीले नगरपालिका र ब्यक्तीगतरुपमा रु. ३२ हजार उपचारको लागी खर्च दिएका थिए । आज बिहान पिडित सुनारकै घरमा पुगेर वडाध्यक्ष खत्रीले उपचार गर्नको लागी अष्ट्रेलियाबाट नेपाली दाजुभाईहरुले संकलन गरि पठाएको रकम स्थानिय तथा जनप्रतिनिधीको रोहवरमा पिडित परिजनलाई हस्तान्तरण गरिएको वडाध्यक्ष खत्रीले बताएका छन् ।

हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका पुर्व नगर प्रमुख बिर बहादुर सुनार, अधिकारकर्मी नन्दा खत्री, वडा सदस्य पार्वती सुनार, दिनेश थापा मगर, भुपु वडाध्यक्ष मोहन सुनार, नगरपालिका कार्यपालिका सदस्य सेते सुनार, राप्रपाका नेता भुवन चन्द्र ओझा, लगाएत स्थानिय तथा पिडित परिवारजन रहेका थिए ।

दोधारा चाँदनी नगरपालिकाका पुर्व नगर प्रमुख बिर बहादुर सुनारले वडाध्यक्षको पहलमा आर्थिक अवस्था दैनिय रहि उपचार गर्न सकस भएकाहरुलाई अष्ट्रेलियाबाट सहयोग संकलन गरि उपचार खर्च उपलब्ध गराएको प्रशंसा गर्दै वडाध्यक्ष खत्री र अष्ट्रेलियामा बस्ने सहयोगीहरुले परोपकारी कार्य गरेको बताएका छन् । जनप्रतिनिधीको दायित्व छोटो समयमा वडाध्यक्ष खत्रीले पुरा गदैृ आएको भन्दै पुर्व नगरप्रमुख सुनारले वडाध्यक्ष जस्तो मानविय कार्य गर्न अरु जनप्रतिनिधीहरुले सिको गर्नु पर्ने बताए ।

उनले आर्थिक अवस्था निकै दैनिय रहदै आएका दोधारा चाँदनी नगरपालिका वडा नं. ५ निवासी बिर बहादु सुनार र धनगडी निवासी शेर बहादुर सिंहलाई उपचार गर्न सघाउने वडाध्यक्ष केशव खत्री र अष्ट्रेलियाबाट नेपाली दाजुभाईहरुले परोपकारी कार्य भनदै बिशेष धन्यबाद दिएका छन् । अष्ट्रेलियाबाट पर्थ नेपाल क्रिक्रेट टिम क्लवका क्याप्टेन उत्सव ठकुरी, नेपलिज वारियर क्रिक्रेट क्लवका रोनाल्ड डल्लाकोटी, नेपर्थ क्रिक्रेट क्लवका सफल कार्की, भुवा क्रिक्रेट क्वलका ईश्वर अधिकारी, पर्थ ब्लाष्ट क्रिक्रेट क्लवका नविन विडारी, वेष्र्टन नेपलिज क्रिक्रेट क्लवका निलम राज पाँण्डे, दिवस खड्का, विवस जोरा डोटेली, दिपेन्द्र चौधरी, दिपक बस्नेत, किशोर पन्त लगाएतले रकम पठाएका वडाध्यक्ष केशव खत्रीले बताएका छन् ।

आफ्नो वुवाको उपचारको लागी पहल गर्ने वडाध्यक्ष खत्री र सहयोग गर्ने अष्ट्रेलियामा रहेका नेपालीहरुलाई पिडित बिर बहादुर सुनारका छोरी नेहा सुनारले बिशेष धन्यबाद दिदै पिडामा रहेको अवस्थामा वडाध्यक्ष खत्रीको पहल र बैदेशिक रोजगारमा रहेका नेपाली दाजु भाईको सहयोग आफुले कहिल्यै नविर्सने बताएका छन् ।

नेहाले उपचारको लागी तडपिएको अवस्थामा वडाध्यक्षको पहलमा अष्ट्रेलियाबाट नेपाली दाजुभाईहरुले उपचार खर्च पठाएको भन्दै वडाध्यक्ष खत्री र अष्ट्रेलियाबाट नेपाली दाजुभाईहरुलाई भगवानको दर्जा दिएका छन् । ‘मेरो लागी त वडाध्यक्ष केशव अंकल र अष्ट्रेलियाबाट नेपाली दाजुभाईहरु भगवान भए’ पिडित बिर बहादुर सुनारका छोरी नेहा सुनारले भने ।

बिदेशमा रहेर भएपनि नेपाल र नेपाली प्रतिको माया गरि पिडामा सहयोग गर्ने नेपाली दाजुभाई संगै वडाको समृद्धि र बिकासका लागी मरिमेटी लागेका वडाध्यक्ष केशव खत्रीलाई स्थानियबासीहरुले खुलेरै प्रशंसा गरेका छन् । वडाध्यक्ष केशव खत्रीले भौतिक बिकास मात्रै गरेर समृद्ध नहुने बताउदै सामाजिक बिकास समेत गर्नु पर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here