चोभारबाट खोकनातर्फ जाँदै गरेको कार खस्यो

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा एक कार सडकबाट खसेको छ।

प्रहरीका अनुसार सोमबार साँझ चोभारबाट खोकनातर्फ जाँदै गरेको बा ५ च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको हो।

कारमा कति जना सवार थिए भन्ने खुलेको छैन। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here