राष्ट्रपति एमालेलाई, सभामुख आलोपालो, कसको भागमा कुन मन्त्रालय ?

काठमाडौं । सत्ता गठबन्धनको बैठकले मन्त्रालयसहित सबै पदको भागबन्डा टुंग्याएको छ ।

गठबन्धनको बालुवाटारमा करिब पाँच घण्टा बसेको बैठकले दलहरुले पाउने भागबन्डा टुंग्याएको हो ।

मन्त्री संख्या र मन्त्रायलसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख क कसले पाउने टुंगिएको छ ।

बालुवाटारमा गठबन्धन दलको बैठक बस्नु अघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा छलफल गरेर सहमतिको खाका तय गरेका थिए ।

कुन दलले के पाउनेछन् ?

एमाले – राष्ट्रपति (पाँचै वर्ष)
माओवादी – उपराष्ट्रपति (पाँचै वर्ष)

एमाले र माओवादी आलोपालो – प्रधानमन्त्री र सभामुख

माओवादी केन्द्र – प्रचण्ड प्रधानमन्त्री
एमाले – सभामुख

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – उपसभामुख

मन्त्रालयहरुको भागवण्डा

एमाले – अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

माओवादी – भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन

रास्वपा – गृह, शिक्षा र श्रम

राप्रपा – उर्जा, खानेपानी र युवा तथा खेलकुद

जनमत – उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय

जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । तर उपराष्ट्रपति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना कम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here