नवनियुक्त मन्त्रीहरूले लिए शपथ, प्रचण्ड नेतृत्वको सरकारमा चार उपप्रधानमन्त्री

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन्। उपप्रधानमन्त्रीमा राजेन्द्र लिङ्देनसहित अन्य दलका मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन्।

मंगलबार शपथ लिएकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री बनेका छन्।

लिङ्देनले शपथ लिएपछि दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ।

यसअघि नेकपा एमालेबाट विष्णु पौडेलले उपप्रधानसहित अर्थमन्त्री, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रीको शपथ लिएका थिए।

शपथ लिएका मन्त्रीहरु
एमालेबाट
१. विमला राई पौडेल-परराष्ट्रमन्त्री
२. पदम गिरी-स्वास्थ्य मन्त्रालय
३. भगवती चौधरी-महिला बालबालिका
४. हरि उप्रेती-रक्षा मन्त्रालय

माओवादीबाट
१. रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि
२. सुदन किराती-संस्कृति तथा पर्यटन
३. अमनलाल मोदी-सामान्य प्रशासन
४. सुशिला श्रीपाली-पर्यटन राज्यमन्त्री

रास्वपाबाट
१. डोलप्रसाद अर्याल-श्रममन्त्री
२. शिशिर खनाल-शिक्षा मन्त्री
३. तोसिमा कार्की-स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

राप्रपाबाट
१. राजेन्द्र लिङ्देन-उपप्रधान तथा ऊर्जा
२‍. ध्रुवबहादुर प्रधान-कानुनमन्त्री
३. विक्रम पाण्डे-सहरी विकासमन्त्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here