सभामुख पदको निर्वाचन कार्य तालिका सार्वजनिक

काठमाडौं, ३ माघ । प्रतिनिधिसभा सभामुख पदको निर्वाचन यही माघ ५ गते हुने भएको छ। संघीय संसद् सचिवालयले माघ ५ गते हुने सभामुख पदको निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन २०७९ माघ ५ गते बिहान ११ बजे गरिने भन्दै सचिवालयले सोही अनुसार निर्वाचन कार्यक्रम प्रकाशन गरिएको जानकारी दिएको छ ।

सत्तारुढ दलहरूबीच सभामुख नेकपा (एमाले)लाई दिने सहमति भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here