साउदीमा रोनाल्डोको डेब्युखेलमा मेस्सीको पीएसजी विजयी

एजेन्सी । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले साउदी अरबमा डेब्यु गरेका छन् । क्रिष्टियानो रोनाल्डो साउदी क्लब अल स्टार गएपछिको पहिलो मैत्रीपूर्ण खेल पीएसजी सँग खेलेको हो।

उक्त खेलमा रोनाल्डो र मेस्सी दुवैले गोल गर्दा फ्रान्सको क्लब पीएसजीले साउदी अरेबियाको फुटबल क्लब अल नस्र अल हिलाल अल स्टार्सलाई ५-४ले पराजित गरेको छ।

पीएसजीका तर्फबाट मेस्सी, एम्बाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले एक एक गोल गर्दा साउदी अलस्टारका कप्तान क्रिष्टियानो रोनाल्डोले २ गोल गर्दा एन्डरसन तालिस्का र जाङ ह्युन सुले एक एक गोल गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here