गृहमन्त्री लामिछानेले भने-‘हिजो बोलेका शब्द-शब्दको हेक्का छ, सबै ‘फरार’ समातिन्छन्’

फाइलफोटो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सबै ‘फरार’ समातिने बताएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत आफूले बोलेका शब्द-शब्दको हेक्का र भोट माग्दा गरेका वाचाहरूको हेक्का रहेको उल्लेख गर्दै सबै फरार समातिने र नयाँ फरार हुन नदिने बताएका छन् ।

उनले त्यसकालागि थोरै पर्खिनु पर्ने समेत लेखेका छन् । ‘पुराना ‘फरार’हरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।

हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘मिडियाको हेडलाइन म बदल्न सक्दिन तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दै छु । धुलो धेरै छ, पुरानो छ… थोरै पर्खिनु चाहिँ पर्छ !!’

यसअघि शुक्रबार मात्रै गृह मन्त्रालयले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

सांसद कोइरी पक्राउ नपरेको विषयमा प्रतिनिधि सभा बैठकमा समेत नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेमाथि माथि प्रश्न उठाएका थिए। गृहमन्त्री लामिछानेले विधि र प्रक्रिया पालना गर्ने जवाफ दिएका थिए।

कोइरी प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसद बैठकमा उपस्थित भए पनि सभामुख निर्वाचनको दिन अनुपस्थित भएका थिए। कोइरी महोत्तरी १ बाट निर्वाचित सांसद हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here