राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको सभाभुखमा इन्दिरा राना मगर विजयी भएकी छिन्।

शनिबार भएको निर्वाचनमा रानाको पक्षमा १६६ सांसदको मतसहित उनी प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी हुन्। उनको विपक्षमा ९७ मत र १ मत तटस्थ रहेको थियो ।

बैठकमा २ सय ६४ सदस्य उपस्थित थिए। इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरे । नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here