५.५ अर्ब डलर बचाउन ७ हजार कर्मचारी कटौती गर्दै डिज्नी

काठमाडौं । अमेरिकन मिडिया कम्पनी डिज्नीले आफ्ना ७ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ ।

अहिलेको चुनौतीलाई सामना गर्दै डिज्नी प्लसको स्ट्रिमिङ सेवालाई नाफामा लैजान र अर्बौं अमेरिकी डलर लागत जोगाउनका लागि कर्मचारी कटौती गर्न लागेको डिज्नीका सीईओ बब इगरले बताएका छन् ।

सन् २०१९ मा सुरु गरिएको डिज्नी प्लसको आम्दानी बढेको भएपनि सब्सक्राइबर घटेका छन् । डिज्नी प्लसकफ स्ट्रिमिङ सर्भिसलाई मुनाफामा लैजानका लागि र ५.५ अर्ब डलरको लागत बचाउनका लागि कर्मचारी कटौती गर्ने निर्णय गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here