१९० जना पाकिस्तानी हिन्दूलाई भारत प्रवेशमा रोक

एजेन्सी । पाकिस्तानी अधिकारीहरूले सिन्ध प्रान्तका हिन्दूहरूलाई भारत तीर्थयात्रामा जान रोक लगाएका छन् । बाघा बोर्डर पुगेका ११० जनाको आफ्नो उद्देश्य प्रष्टसँग नभनेको भन्दै रोकेका हुन्। हिन्दू परिवार महिला तथा बालबालिकाहरूसँग भारत जान बाघा बोर्डर पुगेका थिए।

उनीहरूसँग भिसा समेत थियो। पाकिस्तानी हिन्दूहरू तीर्थयात्राको लागि भन्दै लामो समयसम्म भारतमै बस्ने गर्छन्। पाकिस्तानका अनुसार हाल पाकिस्तानमा २२ लाख १० हजार ५६६ हिन्दू छन्। यो भनेको पाकिस्तानको कुल जनसङ्ख्याको १.१८ प्रतिशत हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here