ओपोले अष्ट्रेलियामा खोल्यो पहिलो फाइभजी होटल, ऐनामै समाचार पढ्ने सुविधा

काठमाडौं, २२ साउन । बिहान उठ्नासाथ मुहार हेर्ने ऐनामा समाचार पढ्न र सिनेमा हेर्न पाइयो भने तपाईंलाई कस्तो लाग्ला ? अनि विना स्विच आफ्नै आवाजले बत्तिको चमक नियन्त्रण गर्न, इण्टरनेट सर्फिङ गर्न र युट्युबमा गीत वा भिडियो प्ले गर्न पाइयो भने ?

हालसम्म सिनेमामा मात्र देखिएका यस्ता भविष्यका प्रविधिको अनुभव सर्वसाधारणले छिट्टै नै गर्न पाउने भएका छन् ।

भविष्यको प्रविधिको प्रदर्शन गर्ने प्रयासस्वरुप ओपोले अष्ट्रेलियामा सञ्चालमा ल्याएको फाइभजी होटेलले यस्ता नयाँ प्राविधिक सुविधा उपलब्ध गराउने छ ।

फाइभजीबाट के कस्ता कार्य गर्न सकिन्छ भन्ने सफल उदाहरण सबैसामु प्रस्तुत गर्ने उद्देश्यका साथ ओपो अष्ट्रेलियाले विश्वकै पहिलो ट्राभलिङ, फाइभजी पावर्ड स्मार्ट होटलको निर्माण गरेको हो । समग्र होटलमा ओपोको रेनो स्मार्टफोन, अत्याधुनिक प्रविधि र फाइभजी नेटवर्कको पूर्ण सुविधा प्रदान गरिएको छ ।

आउने केही महिना यो होटल अष्ट्रेलियाका विभिन्न फाइभजी लोकेशन्सहरुमा पु-याइने छ । यसको सुरुवात गोल्ड कोस्टको होम अफ आर्ट्स (एचओटीए)बाट गरिने जानकारी दिइएको छ ।

होटलको बुकिङ यही अगष्ट १ तारिख देखि ३० सम्मका लागि खुला गरिएको छ । सो होटलमा बस्नका लागि प्रति रात दुई जनाका लागि अष्ट्रेलियन डलर १ सय ५० खर्चिनु पर्ने छ । ४० फिटे शिपिङ कन्टेनरबाट फ्युचरिस्टिक होटलमा रुपान्तरण गरिएको फाइभजी होटलले गर्ने आम्दानी रकम स्थानीय च्यारिटीहरुमा जाने जानकारी दिइएको छ ।

फाइभजी होटलका सुविधा

स्मार्ट मिरर (ऐना) – होटलमा रहेका स्मार्ट मिररमा पाहुनाले आशा गर्न सक्ने सम्भवतः सबै सुविधाहरु उपलब्ध गराइएका छन् । यसलाई स्मार्ट उपकरणसंग कनेक्ट गरी ताजा समाचार, शेयर बजारसम्बन्धी ताजा जानकारी, विहानको पत्रिका पढ्ने, चलचित्र हेर्ने वा परफेक्ट मिरर सेल्फीका लागि उपयुक्त प्रकाशको ब्यवस्था पनि गर्न सकिन्छ ।

सर्वसुलभ गेम –
होटलमा रहेको फाइभजी गेमिङ सुइटमार्फत पाहुनाले आफ्नै हत्केलामा हाई एण्ड गेमिङ कम्प्युटरको अनुभव गर्न सक्छन् । प्रयोगकर्ताले सहजै पीसीमा वा फाइभजी स्मार्टफोनको सहायताबाट गेमको भण्डारसम्म आफ्नो पहुँच बनाइ आफूलाई पायक पर्ने स्थानबाट गेमिङको मज्जा लिन सक्छन् ।

स्मार्ट कार्य सम्पादन –
होटलमा उपलब्ध गरिएको रेनो फाइभजी उपकरण गूगलको होम हब तथा स्मार्ट होम फिचर्सबाट सुसज्जित छन् । पाहुनाले आफ्नै आवाजको माध्यमबाट प्रकाशको तिब्रता नियन्त्रण, यू–ट्यूब म्यूजिक मार्फत आफ्नो ईच्छा अनुसारका गीत बजाउन तथा गूगललाई प्रश्न सोधी उत्तर समेत सहजै प्राप्त गर्न सक्छन् ।

संवर्धित वास्तविकताको अनुभव (एआर) –
होटलले उपभोक्तालाई संवर्धित वास्तविकता (एआर)को अभुतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ एआर एप्सहरु पनि प्रदर्शनीमा राखेको छ । प्रदर्शित एप्समा रेनो फाइभजीको अन्तरक्रियात्मक परिचयका साथै एआर वारड्रोब लगायत छन् । एआर वारड्रोबले पाहुनालाई विभिन्न कपडाहरु भर्चुअल एआर रनवे मार्फत पूर्वावलोकन गर्न सघाउँछ ।

बफर रहित मनोरञ्जन सुविधा –
होटलमा फाइभजीका माध्यमबाट मुटु छुने कन्टेन्ट डाउनलोड, स्ट्रिम तथा हेर्ने सुविधा उपलब्ध छन् । बफर–फ्रि नेटफ्लिक्सको मज्जा लिने वा कफी बनाउँदै आफूलाई मनपर्ने सिरिज पूरै डाउनलोड गर्ने र होटलको फराकिलो स्क्रिन सहितको टीभीमा यसको मज्जा लिने सुविधा पनि यहाँ उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here