सेभियाका गोलकिपरलाई मैदानमै आक्रमण

एजेन्सी । सेभियाका गोलकिपर मराको डिमिट्रोभिचलाई एक समर्थकले आक्रमण गरेका छन् । युरोपा लिग नकआउट प्लेअफ अन्तर्गत सेभिया र पीएसभी आइन्डहोभन बीचको दोस्रो लेग खेलमा पराजित भएपछि ३१ वर्षीय डिमिट्रोभिचलाई एक प्रशंसकले मैदानमा पुगेर पन्च हाने ।

सर्बियाली किपरले कुस्ती नै लड्नुपरेको थियो । खेलको अन्तिम चरणमा भएको घटनापछि आक्रमणकारीलाई अन्ततः स्टेवार्डहरुले नियन्त्रण लिएका थिए । पीएसभीले घरेलु मैदानमा भएको दोस्रो लेग २–० ले जिते पनि समग्रमा सेभियासँग ३–२ले पराजित हुँदै बाहिरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here