अन्तर्राष्ट्रिय फुटबलबाट रामोसले लिए सन्यास

एजेन्सी । स्पेनका लागि सर्वाधिक खेल खेलेका पूर्व कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । बिहीबार उनले सामाजिक सन्जालमा लेख्दै आफूले सन्यास लिने निर्णय गरेका हुन् ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर रामोसले स्पेनका लागि सर्वाधिक १८० खेल खेलेका छन्, जसमा उनले २३ गोल गरेका छन् भने स्पेनका लागि एक विश्वकप र दुई युरोकप समेत जितेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here