सुत्केरी मृत्यु घटना: त्रिशुली अस्पताल र मृतकको आफन्तबीच ६ बुँदे सहमति

काठमाडौं । त्रिशुली अस्पताल र सुत्केरीपछि मृत्यु भएकी २४ वर्षीया सरिता न्यौपानेको आफन्तबीच शिशुको पोषणका लागि पाँच लाख दिने लगायतका ६ बुँदे सहमति भएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा, विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ, त्रिशुली अस्पतालका व्वस्थापन समितिका अध्यक्ष राजु पण्डित, मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डे र मृतकका आफन्तबीच ६ बुँदे सहमति भएको हो।

अस्पतालमा सुत्केरी भएकी न्यौपानेको स्वास्थ्य गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौंस्थित मनमोहन मेमोरियल अस्पताल लगिएको थियो।

न्यौपानेको उपचारका क्रममा मृत्युभएपछि आफन्तले त्रिशुली अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै छानबिनको गर्दै दोषि माथि कारबाहीको माग गर्दै आएका छन्।

सहमति अनुसार मृतक न्यौपानेको नवजात शिशुको पालन पोषणका लागि ५ लाख रुपैयाँ १३ दिनभित्र उपलब्ध गराइने उल्लेख छ।

उक्त घटनामा आमा गुमाएका नवजात शिशुको पालन पोषणको लागि त्रिशुली अस्पतालले विदुर नगरपालिका समेतको सहयोगमा रु पाँच लाख १३ दिनभित्र उपलब्ध गराउने,सहमतिपछि भएको ६ बुँदे निर्णयमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here