बालुवाटारमा प्रधानमन्त्री र ओलीबीच ‘निर्णायक’ छलफल

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता सुरु भएको छ।

पुरानो गठबन्धन ब्यूँताउने तयारी भइरहेको बेला सत्ता गठबन्धनका प्रमुख घटक एमाले-माओवादीका दुई शीर्ष नेता ‘निर्णायक’ छलफलमा बसेका हुन्।

दाहालले आज बिहानमात्रै नेपाली कांग्रेससहितका चार दलसँग छलफल गरेका थिए। चार दलबीच राष्ट्रपति र उपराष्ट्रपतिमा सैद्धान्तिक सहमति जुटेको नेताहरुले संकेत गरेका छन्। शनिबार राष्ट्रपति निर्वाचनका लागि उमेदवारी मनोनय हुँदै छ।

ओलीले सभामुख र राष्ट्रपति आफ्नो दलबाट बनाउने गरी १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ६ दलको समर्थन जुटाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here