काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा दिएको निवेदनमाथि लामिछानेका पक्षबाट बरिष्ठ अधिवक्ता शम्भु थापा र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए।
बहसका क्रममा अधिवक्ता घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सन्दीपसँग हात मिलाएको फोटो देखाएका थिए। ‘प्रधानमन्त्रीले पनि उहाँलाई सम्मान गरिसक्नुभएको छ,’ तस्बिर देखाउँदै भने। घिमिरेले उक्त तस्बिर देखाएपछि इजलासबाट न्यायाधीश खतिवडाले भने- प्रधानमन्त्री, मन्त्रीले के गर्नुहुन्छ म हेर्दिनँ, छोडिदिनुस्।
























