एजेन्सी । आईसीसी महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । दक्षिण अफ्रिकाको केप टाउनमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो ।
अष्ट्रेलियाले दिएको १५६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १३७ रन मात्र बनाउन सक्यो ।
साविक विजेता अष्ट्रेलियाको यो छैटौं उपाधि हो । दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको थियो । अहिलेसम्म अष्ट्रेलियाले सन् २०१०, २०१२, २०१४, २०१८ र सन् २०२० को उपाधि जितिसकेको छ।