डुंगा पल्टिँदा ४३ जनाको मृत्यु, मृत्यु हुनेमा महिला र बालबालिका

एजेन्सी । इटाली नजिकै क्यालाब्रिया समुद्री किनारमा आप्रवासीहरूलाई बोकेको डुंगा पल्टिँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।

१ सय जनाजति आप्रवासीहरूलाई बोकेको काठको डुंगा स्टाकाटो दि कुत्रो समुद्री किनारस्थित चट्टानमा डुंगा ठोक्किएर दुर्घटना भएको हो । मृत्यु हुनेमा महिला र बालबालिकाहरू पनि छन् ।

डुंगामा यात्रा गर्ने अधिकांश यात्रु इरान, पाकिस्तान र अफगानिस्तानबाट गएका थिए । यद्यपि डुंगा कहाँबाट यात्रा सुरु गरेको भन्ने यकिन भएको छैन ।

दुर्घटनास्थलबाट ८० जनाको हाराहारीमा यात्रुहरूलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here