तनहुँ कारागारमा पल शाहका शुभेच्छुकको भिड

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहले उच्च अदालतबाट सफाइ पाएपछि सोमबार तनहुँ कारागार अगाडि शुभेच्छुकको भीड लागेको छ । शाहलाई कारागारमुक्त हुने भएकाले भिड बढेको हो । उच्च अदालतले जिल्ला अदालत नवलपुरमा पललाई सफाइ दिएको र जिल्ला अदालतको फैसला बदर गरेको पत्र पठाउने छ। त्यही पत्रका आधारमा जिल्ला अदालतले कारागारलाई पत्र पठाएपछि कारागारले पललाई छाड्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here