हात हल्लाउँदै कारागारबाट बाहिरिए पल शाह(फोटोफिचर)

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सफाइ पाएपछि अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन्। हात हल्लाउँदै तनहुँ कारागारबाट बाहिरिँदा बाहिर शुभेच्छुकको भिड लागेको थियो ।

शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका हुन् । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका थिए । नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो ।

सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए । उनीहरुले पल शाहको पक्षमा नाराबाजीसमेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here