शिल्पाले जितिन् छविविरुद्धको मुद्दा, सम्पत्ति र ऋण आधा

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले निर्माता छविराज ओझाविरुद्धको मुद्धा जितेकी छन् । काठमाडौं जिल्ला अदालतले छविले आफ्नो भागको सम्पत्ति शिल्पालाई आधा दिनुपर्ने र वैवाहिक सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋणको आधा हिस्सा शिल्पाले बेहोर्नुपर्ने पनि फैसला गरेको छ ।

यसका साथै अदालतले दुवैको डिभोर्स मुद्धा पनि टुंग्याएको छ । शिल्पाले २०७६ सालमा ओझाविरुद्ध सम्बन्ध विच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् ।

उनले सोमबार फेसबुकमा छवि ओझाविरुद्धको मुद्धामा आफ्नो जीत भएको र अदालतबाट न्याय पाएको महसूस भएको उल्लेख गरेकी छन् । २०७६ सालदेखि दुवै अलग-अलग बस्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here