टर्कीमा फेरि भूकम्प, थप भवनमा क्षति

एजेन्सी । विनाशकारी भूकम्पको चपेटामा परेको टर्कीमा सोमबार पुनः ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । देशको दक्षिणी भागमा गएको पछिल्लो भूकम्पबाट थप भवनहरू भत्किएको अधिकारीहरूले बताएका छन् ।

हालसम्म मानवीय क्षतिको भने खबर प्राप्त भएको छैन । गत फेब्रुअरी ६ मा टर्की र सिरियाको सीमामा गएको ७.८ म्याग्निच्युडको भूकम्पपछि सबैभन्दा धेरै प्रभावित टर्कीका ११ प्रान्तहरूमध्ये मालात्या एक प्रान्त हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here