लिवर्टी इनर्जीलाई ५० हकप्रद विक्री गर्न अनुमति

काठमाडौं । विद्युत नियमन आयोगले लिवर्टी इनर्जी कम्पनी लिमिटेडलाई ५० प्रतिशत हकप्रद विक्री अनुमति दिएको छ ।

यस कम्पनीले ७५ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्नेछ । हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । साधारण सभा र धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि यस कम्पनीले हकप्रद सेयर बिक्री खुला गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here