निगमले भन्यो-‘इन्धनको तिर्नुपर्ने बक्यौता १६ अर्ब छ, मूल्य हाललाई यथावत्’

काठमाडौं । नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै इन्धनको भाउ हाललाई यथावत् राख्ने जनाएको छ ।

भारतबाट खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएपनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निगमले जनाएको छ ।

बुधबार मात्रै निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा, डिजेल ५ रुपैयाँ ५ पैसा, मट्टितेल ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन ७ रुपैयाँ ३ पैसा घटाएर नयाँ सूची पठाएको थियो ।

तर ग्यासमा भने प्रतिसिलिण्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमले जनाएको छ । अब ग्यासमा मात्रै प्रतिसिलिण्डर ६३५ रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ । निगमका अनुसार सरकारलाई तिर्नुपर्ने ऋण र आईओसीलाई तिर्नुपर्ने बक्यौता १६ अर्ब छ ।

अन्य सबै प्रकारका इन्धनको लागत घट्दा खाना पकाउने ग्याँसको लागत भने बढेको निगम स्रोतको दाबी छ । निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।

पछिल्लो मूल्यपछि पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here