पौडेललाई विजयी गराउन आठ दलीय गठबन्धनको अभिमुखीकरण, रास्वपा र राप्रपा अझै मौन

काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलीय गठबन्धनले आज सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दैछ।

हिजो काठमाडौंमा संघीय संसद सदस्यका लागि अभिमुखीकरण गरेको गठबन्धनले राष्ट्रपति पदका रामचन्द्र पौडेललाई विजयी गराउन आज सातै प्रदेशका प्रदेश सभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो ।

नेपाली कांग्रेसले कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमतीमा महामन्त्री गगन थापा, गण्डकीमा उपसभापति धनराज गुरूङ, लुम्बिनीमा सह–महामन्त्री किशोरसिंह राठौर, कर्णालीमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिममा सह–महामन्त्री बद्री पाण्डेलाई खटाएको छ।

पौडेललाई भोट माग्दै ८ दलका शीर्ष नेताले बिहीबार तीनकुनेमा संघीय सांसदहरूसँग छलफल गरेका थिए। नेम्वाङलाई भोट माग्दै एमाले नेताहरू पनि बिहीबार नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्न पुगेका थिए।

राष्ट्रपति निर्वाचनमा रास्वपा र राप्रपाले कुनै पनि उम्मेदवारको समर्थक र प्रस्तावक बसेका छैनन्। कसलाई मतदान गर्ने निर्णय गर्न बाँकी रहेको ती दलहरूले बताइरहेका छन्।

यही फागुन २५ गते हुने निर्वाचनमा दुई पूर्वसभामुखहरु कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ चुनावी मैदानमा छन्। फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा ८ दलबाट पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here