पूर्व मन्त्रीको व्यंग्य -‘राम पूज्ने हो खराऊ पूज्नु भ्रम, देउवा सत्य प्रचण्ड भ्रम’

काठमाडौं । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले सामाजिक सञ्जालमा ट्वीट गर्दै आफूहरुले रामलाई पुज्ने तर खराउ नपुज्ने भन्दै राजनीतिक व्यंग्य गरेका छन् ।

उनले लेखेका छन्, ‘प्रचण्डलाई होइन, देउवालाई तुलनात्मक जनमत प्राप्त छ । चकचकेको कचकच बन्द हुनैपर्छ । राम पुज्ने हो खराऊ पुज्नु भ्रम । देउवा सत्य प्रचण्ड भ्रम ।’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसअघि दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै बास्कोटाले भनेका छन्, ‘गगनले भन्याथे–कांग्रेसलाई आफ्नै खुट्टामा उभिने बनाउन मेरो महामन्त्रीमा उम्मेदवारी । तर आज उनी प्रचण्डको पाउमा तेल घस्दैछन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here