कुशलले यूएईविरुद्धको खेल गुमाउने

काठमाडौं । ग्रोइन समस्याको कारण नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत सोमबार हुने घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई) सँगको खेल गुमाउने भएका छन् ।

भुर्तेलको स्थानमा सन्दीप जोरालाई टिममा राखिएको क्यानले जनाएको छ । १५ सदस्यीय नेपाली टोलीमा समावेश भएका जोरा १४ जनाभित्र थिएनन् । भुर्तेल पछिल्ला दुई खेलमा भने सस्तैमा आउट भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here