हाकुरे चम्किँदा यूएई ९७ रनमै अलआउट

एजेन्सी । रिले हाकुरेको उत्कृष्ट बलिङप्रेरित पपुवा न्युगिनीले युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु टिमबाट ९८ रनको झिनो लक्ष्य पाएको छ ।

पीएनजीकाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएई २६.२ ओभरमा ९७ रनमा अलआउट भएको हो। युएईका लागि वृत्य अरविन्दले सबैभन्दा बढी २६ रन जोडे।

पीएनजीका रिले हेकुरेले ५ विकेट लिए। हाकुरले ४.२ ओभरमा एक मेडर राख्दै १३ रनमात्र खर्चिए । हाकुरेले एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा पाँच विकेट लिएको यो पहिलो पटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here