यूएई सिरिज खेलेर नेपाली क्रिकेट टोली साँझ काठमाडौं आइपुग्ने

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा भाग लिन यूएई गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

यूएई भ्रमणका नेपालले चार मध्ये तीन खेलमा जित निकालेको थियो । घरेलु मैदानमा यही बिहीवारबाट हुने ४ वटै खेलमा जीत हात पारेमा सिधै क्वालिफायरमा स्थान बनाउने छ भने २ वटा खेल जित्दा एक दिवसीय मान्यता जोगिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here