अलमुताईरी उत्कृष्ट प्रशिक्षक, मनिष डाँगी युवा खेलाडी घोषित

काठमाडौं । क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्टलाई पछि पार्दै फुटबलका अब्दुल्लाह अलमुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।

पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका अलमुताइरले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् ।

अलमुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उनकै प्रशिक्षणमा नेपाल एसिया कपको छनोटसम्म पुगेको थियो ।

माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाउन उनी टोलीका प्रमुख प्रशिक्षक थिए ।

त्यस्तै, उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीले प्राप्त गरेका छन् ।

२०७८ को वर्ष युवा खेलाडीको मनोनयनमा डाँगीसहित बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here