अरुणा शाहीले जितिन् महिला वर्ष खेलाडीको अवार्ड

काठमाडौं । क्रिकेटकी सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी, बक्सिङकी पुनम रावललाई पछि पार्दै नेपाली राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीले उत्कृष्ट महिला वर्ष खेलाडीको अवार्ड जितेकी छिन् ।

नेपाली टिमलाई २ पटक एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि दिलाएकी अरुणालाई राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङले अवार्ड प्रदान गरे ।

अरुणाको कप्तानीमा नेपालले लगातार दोस्रो पटक एभिसी एसियन सेन्ट्रल जोनको उपाधि जित्न सफल भएको थियो । नेपाल समूह चरणका पाँच खेल र फाइनलमा उज्बेकिस्तानलाई हराएर अपराजित यात्रासहित च्याम्पियन बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here