वर्षको उत्कृष्ट खेलाडी अञ्जन विष्ट, महिला वर्ष खेलाडी अरुणा शाही

काठमाडौं । किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाललाई पर्दै पार्दै फुटबल खेलाडी अञ्जन विष्ट वर्षको उत्कृष्ट खेलाडी बनेका छन् ।

गत वर्ष गरेको प्रदर्शनका आधारमा उनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको हो । अञ्जनले विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध, १३ औं साफ च्याम्पियनसीपमा श्रीलंका र बंगलादेशविरुद्ध पनि गोल गरेका थिए ।

क्रिकेटकी सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी, बक्सिङकी पुनम रावललाई पछि पार्दै नेपाली राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीले उत्कृष्ट महिला वर्ष खेलाडीको अवार्ड जितेकी छिन् ।

नेपाली टिमलाई २ पटक एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि दिलाएकी अरुणालाई राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङले अवार्ड प्रदान गरे ।

अरुणाको कप्तानीमा नेपालले लगातार दोस्रो पटक एभिसी एसियन सेन्ट्रल जोनको उपाधि जित्न सफल भएको थियो । नेपाल समूह चरणका पाँच खेल र फाइनलमा उज्बेकिस्तानलाई हराएर अपराजित यात्रासहित च्याम्पियन बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here