दिपक अधिकारीको ऐतिहासिक स्वर्णसहित नेपालले जित्यो ७ पदक

काठमाडौं । गोकर्ण फरेस्टमा भएको १६ औं एसियन क्रस कन्ट्रीको पुरुष १० किलोमिटरमा दिपक अधिकारी ऐतिहासिक स्वर्ण जितेका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता तथा नवौं राष्ट्रिय खेलकुदका स्वर्णधारी दीपकले ३३ मिनेट ५२.०७० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

यस्तै जापानका डाइची कामिनोले ३३ मिनेट ५२.०८५ मा दौड पूरा गरेर रजत पदक प्राप्त गरे । नेपालकै मुकेशबहादुर पाल ३४ मिनेट ३२.६३५ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जितेका छन् । नेपालले पहिलो पटक क्रस कन्ट्रीमा स्वर्ण जितेको हो ।

क्रस कन्ट्रीमा ए‍ेतिहासिक प्रदर्शन गरेको नेपालले मंगलवार २ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको छ । नेपालले पुरुष सिनियरको व्यक्तिगत र टिम दुवैमा स्वर्ण पदक जितेको छ ।

त्यस्तै सिनियर महिला र जुनियर महिलामा नेपालले समान २ रजत पदक जितेको छ । जुनियर पुरुषतर्फ भने नेपालले टिम इभेन्टमा कास्य पदक जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here