धरौटीमा छुटे ‘भाइरलम्यान’ डिल्लीराम खनाल

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको उजुरीमा पक्राउ परेका भाइरलम्यान डिल्लीराम खनाल काठमाडौं जिल्ला अदालतको आदेशमा एक लाख धरौटी तिरेर छुटेका छन् ।

उनलाई गत फागुन ५ गते प्रहरीले पक्राउ गरेको थियो ।जिल्ला अदालतले उनलाई धरौटीमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । खनाल पछिल्लाे समय यूटयुवमा चर्चित छन् । एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए। उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी थिइन्।

कोभिड महामारीको समयमा मोटरसाइकल चढेर जाँदै गरेका डिल्लीराम खनाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यतिबेला उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी चर्चामा आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here