प्रतितोला १ हजार घट्यो सुनको भाउ

फाइलफोटो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।

मंगलबार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलवार तेजावी सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको भाउमा पनि उच्च गिरावट आएको महासंघले जनाएको छ । यसअघि प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी २५ रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँमा कारोबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here