हलबाट उत्रियो ग्याङस्टर ड्रामा ‘छड्के २’,अनमोलको फिल्मी करिअरमै झड्का

काठमाडौं । व्यावसायिक आशा राखिएको अनमोल केसीको शीर्ष भूमिका रहेको ग्याङस्टर ड्रामा ‘छड्के २’ प्रदर्शनको ६ दिनमै क्यूएफएक्ससहितका मल्टिप्लेक्सबाट हटेको छ ।

अनमोलको करिअरमै एक साता नहुँदै फिल्म हलबाट उत्रिएको यो पहिलो हो । पहिलो ग्याङस्टर फिल्म बताइएको छड्के २ को असफलताले अलग जनरामा आफूलाई स्थापित गर्ने अनमोलको प्रयासमा धक्का लागेको छ ।

वान सिनेमाज्, बिग मुभिज, आईएनआई लगायत मल्टिप्लेक्सले एक-एक शो उपलब्ध गराएपनि दर्शकको उपस्थिति न्यून देखिएको छ । तीन करोड रुपैयाँ बजेटमा निर्माण भएको फिल्मको पाँचदिने कमाइ ३० लाखभन्दा कम छ ।

युवा पुस्तामाझ लोभलाग्दो क्रेज भएका अनमोल यसअघि दर्शक तान्न सफल थिए। ‘छड्के २’को बक्स अफिस अवस्था हेर्दा अनमोलको फिल्मी करिअरमै झड्का लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here