तिलोत्तमा गोल्डकप चैत ४ गतेदेखि, विजेतालाई ११ लाख

काठमाडौं । रुपन्देही जिल्ला फुटबल संघले बुधबार पत्रकार सम्मेलन गरी चार वर्षसम्म रोकिएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आगामी चैत ४ गतेदेखि ११ गतेदेखि सञ्चालन हुने जानकारी दिएको छ ।

२०७५ मा २१औं संस्करणको प्रतियोगितापछि कोरोना महामारी लगायतका कारणले २२औं संस्करण हुन सकेको थिएन । प्रतियोगितामा नेपाल पुलिस, एपीएफ, मनाङ मस्र्याङदी , रुपन्देही ११, थ्री स्टार , हिमालयन शेर्पा, फ्रेन्डस क्लब, र सुदुर पश्चिम ११ ले प्रतिस्पर्धागर्ने गर्नेछ ।

प्रतियोगिताको बिजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ , उपबिजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछ ।

यस्तै सर्बोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउने छन् । यस्तै उत्कृष्ट फरवार्ड,गोलरक्षक,मिड फिल्डर,डिफेन्स र कोच गरी ५ वटा बिधामा उत्कृष्ट खेलाडीले ३० हजारका दरले नगद पुरस्कार पाउने छन् । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले ११ हजार १ सय ११ रुपैयां पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here