राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ, कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने

काठमाडौं । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तटस्थ बस्ने भएको छ।

बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो। यो निर्णयसँगै राष्ट्रपति निर्वाचनमा राप्रपाका संघीय तथा प्रदेश सभाका सांसदहरु मतदान प्रक्रियाबाट बाहिर हुनेछन्।

प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कदमसँग रुष्ट भएर राप्रपा फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो।

राष्ट्रपति मनोनयनमा समर्थक र प्रस्तावक दुवै नबसेको राप्रपाले राष्ट्रपतिको चुनाव पनि बहिस्कार गर्ने बताउँदै आएको थियो।

राप्रपाको संघमा १४ र प्रदेशमा २८ सांसद छन्। पार्टीको जम्मा २४ सय ५० मतभार छ। राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here