‘ए’ डिभिजन लिग: मनाङको पहिलो जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबलाई १-० ले हराएको छ ।

मनाङको जितमा सायिदजमोल डाभ्लाटओनोभले ५८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । लिगमा मनाङको यो पहिलो जित हो ।

यसअघि मनाङले पहिलो खेलमा हिमालयन शेर्पासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो । जितसँगै मनाङले लिगमा दुई खेलबाट चार अंक जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here