पीएसजी च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न क्वाटरफाइनलमा

काठमाडौं । बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–० गोलले पराजित गर्दै समग्रमा ३–० को नतिजासहित बार्यनले अन्तिम ८ को यात्रा तय गरेको हो ।

बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा भएको दोस्रो लेगमा घरेलु टोलीको जितमा एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे । यो नतिजासँगै पिएसजीको यो सिजनको च्याम्पियन्स लिग यात्रा अन्तिम १६ बाट पूर्णविराम लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here