पपुवा न्यूगिनीले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तरगत नेपाल, पपुवा न्युगिनी (पीएनजी) र यूएई सम्मिलित त्रिकोणात्मक शृङ्खला अन्तरगतको पहिलो खेलमा नेपाल आज पीएनजीसँग खेल्दै छ ।

कीर्तिपुरमा पीएनजीले टस जितेर पहिले फिल्डिङ रोजेपछी नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपाली टोलीमा एक खेलाडी परिवर्तन नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । नेपालले आजको खेलमा कुशल भुर्तेललाई प्लेइङ ११ मा खेलाएको छ । कुशललाई खेलाउँदा नेपालले प्रतिश जि.सी.लाई बेन्चमा राखेको छ ।

नेपालले अन्य परिवर्तन भने गरेको छनै । नेपालले आजको खेलमा प्रतिश जि.सी., गुलशन झा र ललितनारायण राजवंशीलाई बेन्चमा राखेको छ ।

कुशलले युएईसँगको अन्तिम खेल ग्रोइन समस्याको कारण गुमाएका थिए । तर उनी फिट भएपछि प्रशित बाहिर बसेका हुन् । टोलीमा सोमपाल कामी र करण केसी तीव्र गतिका बलर छन् ।

नेपालले पपुवा न्युगिनी र युएईलाई दुई दुई खेल हराएमा आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सिधै खेल्न पाउनेछ ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ कका साथ पाँचौं स्थानमा छ । लिग-२ का शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाउँछन् । स्कटल्यान्ड ५० अंकका साथ च्याम्पियन र ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here