राष्ट्रपति चयनका लागि मतदान सुरु, मत परिणाम आजै सार्वजनिक गरिने

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । बिहीबार संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको मतदानमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

मतदानको परिणाम आजै सार्वजनिक गरिने छ । दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।
कांग्रेस बाहेक नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले सहयोग गरेका छन् ।

राष्ट्रपति निर्वाचनमा संघीय सांसद ३३२ र प्रदेशसभा सदस्य ५५० जना मतदाता छन्। मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ।

निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको स्थानको व्यवस्थासमेत मिलाइएको छ।

निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here